संसदमा भोलि उद्योग, भूमि व्यवस्था र स्वास्थ्य मन्त्रालयसम्बन्धी छलफल हुने

काठमाडौँ - प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने जानकारी गराए ।
प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको थियो । हिजो मङ्गलबार युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको थियो ।
आजको बैठकमा सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ३१ गते बिहीबार बिहान ११ बजे बस्ने छ ।

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

बिपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले तयारी गर्नू : सभापति थापा

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

प्रतिक्रिया