सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

ताप्लेजुङमा गएराति परेको पानीले बगायो काठेपुल, सवारीसाधनको आवागमनमा अवरोध

तस्विरः फाइल फोटो

काठमाडौँ- ताप्लेजुङमा बाढी आउँदा शिसवा खोलाको काठे पुल बगाएको छ । गएराति आएको पानीले बिहीबार बिहान साढे ६ बजे फक्ताङलुङ गाउँपालिका-५ तापेथोकस्थित शिसवा खोलाले काठे पुल बगाएको गाउँपालिकाका सूचना अधिकारी जयप्रसाद रिजालले इकागज जानकारी दिए। 

उनका अनुसार सवारीसाधन समेत गुड्ने गरेको उक्त काठे पुल बाढीले बगाएको हो। तत्कालका लागि सवारीसाधनको आवागमनमा अवरोध आएको छ ।

बिहानपख खोलामा लेदोसहित आएको बाढीले पुल बगाएको उनले बताए । 'बाढीले कुनै मानवीय क्षति भने भएको छैन,' उनले भने ।

सोही वडामा १ हजार ५ सय जनसंख्या छन । ३ सय २२ घरधुरी रहेको छ ।