शहरभन्दा गाउँमा कोभिड-१९ संक्रमित बढ्दै

दमौली : कोभिड–१९ को दोस्रो लहरको सुरुआतमा तनहुँका शहरी क्षेत्रमा सङ्क्रमितको सङ्ख्या धेरै थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी भएपछि शहरमा बस्नेहरु गाउँ जान सुरु गरे । गाउँ जान र बाहिरन कुनै रोकतोक थिएन ।
गाउँमा पूजापाठ, भोजभतेर पनि निर्बाध चलिरहेका थिए । शहरियालाई आतङ्कित बनाएको कोरोना अहिले गाउँतिर पसेको छ । कतिपय गाउँमा त भुसको आगो फैलिए झैँ कोरोना फैलिएको छ । बरु शहरमा सावधानी अपनाउँदा विस्तारै सङ्क्रमण दर घट्दो देखिन्छ । गाउँलेकै लापरवाहीले कोरोना फैलिरहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए ।
'गाउँमा सावधानी नै अपनाइएको छैन । खेतीपाती सँगै गर्छन् । चौतारोमा सँगै बसेर गफिन्छन् । गाउँमा मास्क अनिवार्य पनि छैन, मापदण्डको पालना हुँदैन । एक जना सङ्क्रमितले सयौँलाई फैलाउँछ,' श्रीवास्तवले भने ।
शुक्लागण्डकीमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २५८ पुगेको छ । पछिल्ला सातामा परीक्षण भएका स्वाबको पीसीआर रिपोर्टमा पोजेटिभ हुनेको सङ्ख्या गाउँ र शहर क्षेत्रका बराबरी छ । होम आइसोलेसनले पनि सङ्क्रमण फैलिन बढवा दिएको स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवको विश्लेषण छ । कोरोना नियन्त्रणको जिम्मेवारी स्वास्थ्यकर्मीको मात्रै हो भन्ने गलत बुझाई आम सर्वसाधारणमा रहेको उनले दुखेसो गरे ।

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

प्रतिक्रिया