यूरो कप आजबाट सुरु हुँदै, जर्मनीले स्कटल्यान्डको सामना गर्दै

काठमाडौँ- यूरो कप फुटबल प्रतियोगिता आजबाट जर्मनीमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जर्मनीले स्कटल्यान्डको सामना गर्दैछ ।
समूह 'ए' मा रहेका जर्मनी र स्कटल्यान्डबीचको खेल म्युनिखमा नेपाली समयअनुसार आज राति १२:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
समूह 'ए' मा हंगेरी र स्विट्जरल्यान्ड पनि रहेका छन् । समूह 'बी' मा भने स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् ।
समूह 'सी' मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इंग्ल्यान्ड रहेका छन् भने समूह 'डी' मा पोल्यान्ड, नेदरल्यान्ड्स, अस्ट्रिया र फ्रान्स छन् ।
समूह 'इ' मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेन तथा समूह 'एफ' मा टर्कीए, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक रहेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया