शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

पेरिस ओलम्पिकमा २४९ बक्सिङ खेलाडीको सहभागिता हुने

काठमाडौँ- फ्रान्समा यसै वर्ष आयोजना हुने पेरिस ओलम्पिकमा २ सय ४९ बक्सिङ खेलाडीको सहभागिता हुने भएको छ ।

जुलाई २६ देखि अगस्ट ११ तारिखसम्म आयोजना हुने ओलम्पिकमा १ सय २५ पुरुष तथा १ सय २४ महिलासहित जम्मा २ सय ४९ बक्सरको सहभागिता हुने आयोजकले जनाएको हो ।

ओलम्पिकका लागि जम्मा २ हजार बक्सरले छनोट प्रतियोगिताहरुमा सहभागिता जनाएका थिए ।

पेरिस २०२४ बक्सिङ यूनिट बिहीबार इन्टरनेसनल ओलम्पिक कमिटीलाई छनोटबारे जानकारी गराएको आईएएनएसले जनाएको हो ।

पेरिस ओलम्पिकको बक्सिङ खेल जुलाई २७ देखि अगस्ट १० तारिखसम्म आयोजना हुने भएको छ । बक्सिङमा महिला र पुरुषका गरी १३ तौल समूह समेटिएका छन् ।