ताप्लेजुङ पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न योगेश भट्टराईको माग

काठमाडौँ - नेकपा एमालेका सांसद योगेश भट्टराईले अविरल वर्षाका कारण गएको पहिरोले ताप्लेजुङमा धनजनको क्षति भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा भट्टराईले ताप्लेजुङका विभिन्न स्थानका साथै गएराति पहिरोले फक्ताङलुङ गाउँपालिकामा चार जनाको मृत्यु भएको र केही घाइते भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले हिमाली र पहाडी क्षेत्रको जोखिम न्यूनीकरण गर्न एकीकृत वस्ती विस्तारतर्फ जानुपर्ने बताए ।
बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले आकस्मिक, शुन्य र विशेष समयमा उठाएका बिषयहरुमा सरकारको ध्यानाकर्षण गराए ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया