टी-२० विश्वकपः आयरल्यान्डलाई पराजित गरे अमेरिका सुपर ८ मा पुग्ने

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत अमेरिकाले आज राति आयरल्यान्डको सामना गर्दैछ ।
समूह 'ए' मा रहेका सह-आयोजक अमेरिका र आयरल्यान्डबीचको खेल अमेरिकामा नेपाली समयअनुसार राति ८:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
आज रातिको खेलमा आयरल्यान्डलाई पराजित गरेको खण्डमा अमेरिका सुपर ८ मा पुग्नेछ । अहिलेको अवस्थामा अमेरिकाले ३ मध्ये २ खेलमा जित हात पार्दै ४ अंक जोडेको छ ।
यस समूहबाट लगातार ३ खेल जित्दै भारत अघिल्लो चरणमा पुगिसकेको छ ।
समान ३-३ खेल खेलेका पाकिस्तान र क्यानाडाको समान २-२ अंक भएपनि नेट रनरेटमा पाकिस्तान माथि छ ।
अर्कोतर्फ आयरल्यान्डले खेलेका दुवै खेलमा पराजय भोगिसकेको छ । त्यसैले अघिल्लो चरणको यात्रा तय गर्न आयरल्यान्डले ठूलो अन्तरको जित निकाल्नुपर्ने हुन्छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया