प्रतिनिधिसभामा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

काठमाडौँ- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत गरिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।
सांसद डा अमरेशकुमार सिंहले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई रु एक गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।
सांसद नागिना यादवले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई रु एक गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन् ।
सांसद तेजुलाल चौधरीले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई रु एक गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।
सांसद मैना कार्कीले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई रु एक गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन् ।
सांसद रोशन कार्कीले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई रु एक गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन् ।
सांसद राजेन्द्र बजगाईले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई रु एक गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।
सांसद डा धवलशमशेर जङ्गबहादुर राणाले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।
आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल जारी छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

राष्ट्रियसभावाट जलस्रोत बिधेयक पारित

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख रानामगर

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

रास्वपाका सांसदहरूले संसदीय मर्यादा तोडेः सांसद शर्मा

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ता…

प्रतिक्रिया