परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय विदेश सचिवको भेटवार्ता

काठमाडौं : नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन् । श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय गएर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेटवार्ता गरेका हुन् ।
श्रृंगला दरबारमार्गस्थित याक एन्ड यति होटलमा आफ्ना समकक्षी नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालसँग दुई मुलुकबीचको विदेश सचिवस्तरीय वार्ता गरी सिंहदरबार पुगेका हुन् । भेटका क्रममा दुईपक्षीयसम्बन्धका बारेमा चर्चा भएको बताइएको छ ।
उनी आज र भोलि उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनेछन्। श्रृंगलाले शुक्रबार गोरखा पुुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने बताएका छन् ।
गोरखामा ५० हजार घर बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणानुरुप ४० हजार घर बनिसकेको जानकारी दिँदै विदेश सचिव श्रृङ्गलाले मनाङमा निर्माण गरिएको बौद्ध गुम्बाको पनि शुक्रबार नै उद्घाटन हुने बताए ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया