सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

एमाले संसदीय दलको बैठक भोलि

काठमाडौँ- नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिने तथा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने भएको छ ।