व्यास नगरपालिकाको पुनःमतगणना स्थगित
तनहुँ- तनहुँको व्यास नगरपालिकाको प्रमुखका पुनःमतगणना स्थगित भएको छ । उच्च अदालत पोखराको फैसलाबमोजिम आगामी असार २ गते पुनःमतगणना हुने भनिएकामा उच्चकै आदेशबमोजिम मतगणना रोकिएको हो ।
यही जेठ १ गते उच्च अदालतले पुनःमतगणना गर्न आदेश दिएको थियो । सो फैसलाविरुद्ध नगरप्रमुख वैकुण्ठ न्यौपानेले यही जेठ २४ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । सो रिट सर्वोच्चमा सुनुवाइ हुन बाँकी छ ।
उक्त सुनुवाइको पेसी आगामी असार २ गतेलाई सरेको छ । यसअघि जेठ २७, २८ र २९ मा हेर्न नभ्याइनेमा परेको थियो । सर्वोच्चमा परेको रिट किनारा नलागेसम्म असार २ गतेलाई हुने भनिएको मतगणना स्थगित गरिएको उच्च अदालत पोखरा सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । नगरप्रमुख न्यौपानेले पुनः मतगणना स्थगितका लागि उच्च अदालतमा समेत निवेदन दर्ता गरेका थिए ।
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_cdhoxMbAWe_u4fhq1ixhsn6ava5tncx84qpafnden8hqtqvy9k7uyyskr9e2a2b5k0yokt5.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया