मोदीको विदेश भ्रमण : कुन कार्यकालमा कुन-कुन देश पुगे ?

काठमाडौँ- नरेन्द्र मोदी भारतीय प्रधानमन्त्रीको तेस्रो कार्यकालको शपथ लिएको केहि दिनमै इटाली पुगेपछि अहिले उनको विदेश भ्रमण मोहको चर्चा भइरहेको छ ।
मोदीले आफ्नो पछिल्लो दुई कार्यकालमा आफ्नो पहिलो भ्रमणका लागि सधैं छिमेकी मुलुक रोजेका थिए । २०१४ मा पहिलो पटक प्रधानमन्त्री भएपछि उनी विदेश भ्रमणमा नेपाल आएका थिए । दोस्रो पटक प्रधानमन्त्री भएपछि उनी पहिलो भ्रमणमा माल्दिभ्स गएका थिए । यसपटक उनले पश्चिमी देश इटाली रोजे । इटालीपछि मोदी नेपाल भ्रमणमा आउने चर्चा रहेको छ ।
मोदीले आफ्नो १० वर्षे कार्यकालमा सन् २०१५ मा पाकिस्तान भ्रमण होस् वा सन् २०१९ मा सी चिनफिङलाई भारत निम्तो होस्, मोदीले हरेक कार्यकालमा आफ्नो विदेश नीतिले 'सरप्राइज' दिने गरेका छन् ।
पूर्वराजदूत अशोक सज्जनहरका अनुसार सन् २०१४ मा नरेन्द्र मोदी पहिलो पटक प्रधानमन्त्री हुँदा विदेश नीति नै उनको शक्तिको कमजोर कडी हुने विश्वास गरिएको थियो । तर, त्यस्तो भएन । नेबरहुड फर्स्ट नीति र रुस-युक्रेन युद्धमा सरकारको बलियो अडानले मोदीलाई विदेश मामिलामा धेरै हदसम्म राम्रो नेता बनायो ।
सन् २०१४ मा सपथ लिएपछि उनी नेपाल भ्रमणमा निस्किएका थिए । छिमेकी मुलुक भए पनि १७ वर्षदेखि भारतका कुनै पनि प्रधानमन्त्रीले यहाँ भ्रमण गरेका थिएनन् । मोदीले खाडी मुलुकसँगको सम्बन्धलाई पनि मजबुत बनाएका छन् । उनी ३० वर्षपछि युएई जाने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।
मोदीले आफ्नो पहिलो कार्यकालमा ५ पटक चीनको भ्रमण गरे । उनी सबैभन्दा धेरै पटक चीन भ्रमण गर्ने भारतीय प्रधानमन्त्री हुन् । यसका बावजुद चीनले २०२० मा गलवानमा दुई देशका सेनाको लडाईंले सम्बन्ध धेरै हदसम्म बिगार्यो ।
मोदीले आफ्नो १० वर्षे कार्यकालमा कुल १३५ पटक विदेश भ्रमणमा गएका छन् । जसमा ६६ देश पुगेका छन् । जबकी मनमोहन सिंहले आफ्नो १० वर्षे कार्यकालमा ९४ पटक मात्र विदेश भ्रमण गएका थिए भने ४३ देश पुगेका थिए ।
मोदीले १० वर्षमा ८ पटक अमेरिका भ्रमण गरेका छन् भने ५ पटक रुस पुगेका छन् । त्यस्तै मोदी आफ्नो पहिलो कार्यकालमा ५ पटक चीन पुगेपनि दोस्रो कार्यकालमा चीन भ्रमण नै गरेनन् । मोदीको १० वर्षे कार्यकालमा चिनियाँ राष्ट्रपति सी चिनफिङ सन् २०१४, २०१६ र २०१९ मा गरी तीन पटक भारत पुगेका थिए ।
त्यस्तै मोदी १० वर्षमा पाँच पटक नेपाल आएका छन् । उनी सन् २०१४, २०१६, २०१८ मा दुई पटक र २०२२ मा नेपाल आएका थिए ।
त्यस्तै बंगलादेश २ पटक, म्यान्मार २ पटक र भुटान २ पटक पुगेका छन् । मोदीले आफ्नो दुई कार्यकालमा श्रीलंका तीन पटक र माल्दिभ्स २ पटक पुगेका छन् । त्यसैगरी अफगानिस्तान २ पटक र पाकिस्तान एक पटक पुगेका छन् ।
मोदी तेस्रो कार्यकालको पहिलो भ्रमण इटाली रोज्नुको सबैभन्दा ठूलो कारण जी ७ शिखर सम्मेलन हो । मोदीको तेस्रो कार्यकालमा भारतको चीन, क्यानडालगायतका देशहरूसँगको तनाव मोदीका लागि चुनौती पूर्ण रहेको विश्लेषण गरिएको छ ।

चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदा
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_vpSwTPAwPR_jhi5dvwklkc2yylxrtbvtx2wvce6nxvjnjqqdljrawsy0p7fhilfcy0momu7.jpg)
भारी वर्षा र भूस्खलनबाट उत्तरी चीनमा ३० जनाको मृत्यु

भारत : सडक दुर्घटनामा १८ हिन्दू तीर्थयात्रीको मृत्यु

अमेरिका-ईयु सम्झौताः व्यापारिक सहकार्यसँगै आर्थिक सन्तुलनको नयाँ चरण

गाजामा भोकमरी चरम सीमामा, संयुक्त राष्ट्रसंघद्वारा गम्भीर चिन्ता व्यक्त

गाजामा इजरायली हमलामा ३० जनाको मृत्यु

रूसी आक्रमणमा २५ युक्रेनीको मृत्यु,

प्रतिक्रिया