गण्डकी प्रदेशकाे बजेट ३२ अर्ब ९६ करोड ८५ लाख

काठमाडौँ- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ ।
शनिबार बसेको गण्डकी प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बजेट सार्वजनिक गरेका हुन् । प्रस्तुत बजेटमध्ये चालुतर्फ १३ अर्ब १६ करोड र पुँजीगततर्फ १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरेको मन्त्री गुरुङले जानकारी दिए ।
त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । बजेटको स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु ७ अर्ब ६३ करोड ८८ लाख , राजस्व बाँडफाँटबाट रु ८ अर्ब ६१ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड, सशर्त अनुदानतर्फ ३ अर्ब, समपूरक अनुदानतर्फ १ अर्ब र विशेष अनुदानतर्फ रु ६५ करोड प्राप्त हुने अनुमान गरिएको मन्त्री गुरुङले बताए । त्यस्तै प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व रु ५ अर्ब प्राप्त हुने अनुमान रहेको उनको भनाइ छ ।
त्यस्तै उनले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात रु २ अब ९४ करोड नगद मौज्दात बचत हुने अनुमान गरेको भन्दै न्यून हुने रकम मध्ये रु १ अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाइएको जानकारी दिए ।

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

मुस्ताङको स्याङमा उन्नत गाई पालन फस्टाउँदै
_8Og4xLSXmN_us9gqraqhqvp7iwft5xdtagbjhtpv1pfblmcytvjrbnfnnuvtomujikd1jnt_DcJB0IfXw5_ujcpulkri1a01lcmckhz3dng7f9h4xutdnxwxzgdm5zgkx1w0bx4oncoiaxy.jpg)
प्रतिक्रिया