रौतहटमा युवकको शव भेटियो, हत्याको आशंका

रौतहट- रौतहटको सदरमुकाम गौर नगर क्षेत्र अन्तर्गत केराबारीमा अपराह्न एक जना युवकको शव भेटिएको छ ।
गौर-४ टिकुलिया बकैया खोलाको बाँध नजिकै स्थानीय शुभनारायण सहनीका छोरा २० वर्षीय युवक रोहित सहनीको शव भेटिएको हो ।
घरबाट शौच गर्न निस्किएका उनको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् । जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी गिरीले मृतक सहनीको शरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिह्न नदेखिएको बताएकी छन् ।
मृतकको पाकेटबाट लागूऔषध गाँजा भरिएको चिलम जस्तो कुरा बरामद भएको छ । गाँजाको नशामा गर्मीको कारण बेहोस भएर पानीको कमीका कारण पनि मृत्यु हुनसक्ने अनुमान गरिएको छ । मृतकको नाकबाट रगत बगेको देखिन्छ।
मृतक सहनीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । सहनीको कसैले हत्या गरेको हो वा होइन अनुसन्धान तथा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने डिएसपी गिरीले बताएकी छन् ।
उता मृतकका दाजु सञ्जय सहनीले कसैले कुटपिट गरी रोहितको हत्या गरेको दाबी गरेका छन् । उनले भाइको घाँटी थिचेर कुटपिट गरी हत्या भएको कारण प्रहरीले गम्भीरता साथ अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

बिहानै कागती हालेर मनतातो पानी पिउनुको साइड इफेक्टहरू

मिथुनलाई प्रेममा सफलता मिल्ने, तुलाको इच्छा शक्ति बढ्ने

सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखी…

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

प्रतिक्रिया