नामिबियामाथि इङ्ल्याण्डको फराकिलो जित

काठमाडौँ- इङ्ल्याण्डले जारी टी-२० विश्वकप अन्तर्गत नामिबियालाई ४१ रनले पराजित गरेको छ ।
गएराति भएको खेलमा इङ्ल्याण्डले नामिबियालाई डक वर्थ लुइस नियम अनुसार ४१ रनले पराजित गरेको हो ।
वर्षाले प्रभावित भएको खेल १०-१० ओभर खेलाइएको थियो । इङ्ल्याण्डले दिएको १२६ रनको लक्ष्य पछाएको नामिबियाले १० ओभरमा ३ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।
यसअघि इङ्ल्याण्डले पहिला ब्याटिङमा १० ओभरमा ५ विकेट गुमाएर १२२ रन बनाएको थियो । वर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियमअनुसार नामिबियाले १० ओभरमा १२६ रनको लक्ष्य पाएको थियो ।
यो जितपछि इङ्ल्याण्डको ४ खेलमा ५ अंक भएको छ र समुह बी मा दोस्रो स्थानमा उक्लिएको छ ।
अब इङ्ल्याण्डको सुपर आठको यात्रा अस्ट्रेलिया र स्कटल्याण्डबीचको खेलको नतिजाले तय गर्ने छ । अस्ट्रेलियाले यो खेल जितेमा इङ्ल्याण्ड सुपर आठमा जाने छ भने स्कटल्याण्डले जितेमा इङ्ल्याण्ड बाहिरिने छ । त्यस्तै नामिबिया भने विश्वकपबाट बाहिरिएको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया