स्कटल्याण्डमाथि अस्ट्रेलियाको सहज जित, इङ्ल्याण्ड सुपर आठमा

काठमाडौँ- अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङ्ल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ ।
आइतबार बिहान खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो ।
स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि स्कटल्याण्डले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउद्ददै १८० रन बनाएको थियो ।
यो जितसँगै अस्ट्रेलिया समुह बी मा आफ्ना चारै खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ ।
त्यस्तै समुह बी बाट इङ्ल्याण्डले ४ खेलमा २ जित एक हार र एक खेल वर्षाले रद्द हुँदा ५ अंकसहित दोस्रो हुँदै सुपर आठमा पुगेको छ ।
त्यस्तै स्कटल्याण्डको ४ खेलमा ५ अंक रहेपनि रनरेटको आधारमा पछि पर्दै तेस्रो भएपछि विश्वकपको समुह चरणबाट बाहिरिएको हो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया