काठमाडौँ महानगरका कार्यपालिका सदस्यले गरे नगरसभा बैठक बहिष्कार

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले नगरसभा बैठक बहिष्कार गरेका छन् । आइतबार बिहान बसेको कार्यपालिका बैठकमा उपस्थित सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५औँ बैठक स्थगित भएको हो ।
मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्। बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेटको समय दिएका थिए।
त्यसपछि कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडेका हुन् । कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेपछि मेयर शाहले आगामी असार १० गते ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

प्रतिक्रिया