गण्डकीका एमाले सांसद गुरुङलाई तीन दिने स्पष्टीकरण सोधियो

काठमाडौँ- गण्डकीका एमाले सांसद गणेशमान गुरुङलाई पार्टीले स्प्रष्टीकरण सोधेको छ । प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै गुरुङलाई प्रष्टीकरण सोधिएको हो । उनले ३ दिनभित्र जवाफ दिन भनिएको छ ।
एमाले गण्डकी संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्विप जारी गरेको थियो । तर सांसद गुरुङ बैठकमा सहभागी भएका थिएनन् । नीति तथा कार्यक्रममा आफ्नो धारणा राखेर सांसद गुरुङ बैठकबाट निस्किएका थिए । संसदीय दलको ह्विप विपरीतको कार्य गरेको भन्दै ३ दिने स्पष्टिकरण सोधिएको हो ।
त्यस्तै गुरुङले भने आफू व्यक्तिगत कामका लागि बाहिर जानुपरेपछि बैठकबाट निस्किएको बताएका छन् । प्रदेश सभामा आफ्ना कुरा राखेर बाहिरिएका उनले पार्टीले ह्वीप जारी गरेको कुरा साँझपछि मात्र थाहा पाएको जिकिर गरेका छन् ।
स्पष्टीकरण सोधिएका सांसद गुरुङ एमाले उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङनिकट हुन् । पृथ्वी सुब्बा निकट भएकै कारण संसदीय दलका नेता खगराज अधिकारीले स्पष्टिकरण सोधेको गण्डकीमा चर्चा रहेको छ । गुरुङ कास्की ३ को क बाट माओवादी केन्द्रका दुर्गादत्त भण्डकरीलाई दोब्बरमतले हराउँदै निर्वाचित भएका हुन् ।

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
_KVBV1sF2Md_o2gfe6lplzd30zqacwzhm4w4q0enajmx7mx0wbzcjcpqijxd7o2wxdtdslss_1yUQF550jl_rz0v7yu68lmbtjhe5ziwuizacci5qfnmln5tyotcorozp1rvhne8qgrr29dy.jpg)
संस्कृति संरक्षण गर्न पञ्चेबाजा तालिम

पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण

मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

७ सय फरार प्रतिवादी पक्राउको सूचीमा

तनहुँमा सम्झौता म्याद अगावै कालोपत्र सकियो

खोल्साको टिम्मुरबाट आम्दानी

प्रतिक्रिया