उर्जा क्षेत्रमा विदेशीलाई सहज हुने नीति बनाइयो : राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले उर्जा क्षेत्रमा विदेशीलाई सहज हुने नीति बनाउँदै गएको आरोप लगाएका छन्।
आइतबारको प्रतिनिधि सभाको बेठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले नेपाली लगानीकर्तालाई प्रेरित गर्ने बजेट नआएको बताएका हुन् ।
उनले बजेटमा उर्जा क्षेत्रमा विशेष नीति ल्याउनुपर्नेमा विदेशीलाई मात्र लक्षित गरिएको भन्दै नेपाली लगानीमा उर्जा क्षेत्रमा आयोजना बन्नुपर्नेमा जोड दिए । उनले नेपाली लागानी कर्तालाई अप्ठ्यारो हुने किसिमका नीति बनाइएको र विदेशीलाई सहज हुने नीति बनाएको बताए ।
उनले बुढीगण्डकी जस्तो बहुउद्धेश्यीय आयोजनाका लागि प्रयाप्त बजेट नछुट्याएको आरोप लगाउदै बुढी गण्डकी आयोजना कसरी अगाडि बढ्छ भन्ने स्पष्ट नभएको बताए ।
अर्थमन्त्री र मन्त्रीहरुले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुसी बनाउने गरी बजेट ल्याएको बताउँदै उनले आफुले यो बजेट परिवर्तन नहुने र संसद्मा रेकर्डको लागि बजेटमाथि असहमति राखेको बताए ।

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

बिपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले तयारी गर्नू : सभापति थापा

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

प्रतिक्रिया