बूढीगण्डकी आयोजना कसले, कसरी र कहिले बनाउने भन्नेमा सरकार स्पष्ट हुनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी जलविद्युत् आयोजनाको अन्यौलतालाई हटाउनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथि छलफलमा भाग लिँदै शर्माले बूढीगण्डकी जलविद्युत् मुलुकको गेम चेन्जर परियोजना भएको भन्दै यसलाई बजेट अभाव र सञ्चालनको अन्योलमा पर्न दिन नहुने बताएका हुन् ।
शर्माले बूढीगण्डकी आयोजना कसले, कसरी र कहिले बनाउने भन्नेमा सरकार स्पष्ट हुनुपर्ने उल्लेख गरे । उक्त आयोजनाका लागि मुआब्जा वितरणको काम लगभग पूरा भएको भन्दै उनले सरकारले कुन ढाँचामा जाने भन्ने निर्णय समयमा गर्न सक्नुपर्ने धारणा राखे ।
आयोजनालाई अगाडि बढाइ सो क्षेत्रमा ‘नेप्लिज फल्स’ नामक पर्यटकीय गन्तव्य बनाउन सकिने उनको भनाइ छ ।
उनले विभिन्न आयोजनाहरूको सम्भाव्यता अध्ययनको प्रस्ताव गर्ने तर पर्याप्त बजेट नछुट्याउने प्रवृत्तिले समग्र आयोजना नै अन्यौलमा परेको उल्लेख गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया