भारतको खराब सुरुवात, दुवै ओपनर आउट
काठमाडौँ : न्युजिल्यान्डविरुद्ध विश्व टेस्ट च्याम्पियनशिप फाइनलमा भारतले खराब सुरुवात गरेको छ । साउथह्याम्पटनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले दुवै ओपनर ब्याट्सम्यान सस्तैमा गुमाएको हो ।
भारतका रोहित शर्मा ३४ र शुभमान गिल २८ रनमा आउट भएका छन् । ६२ रन बनाउँदा पहिलो विकेटका रुपमा रोहितलाई गुमाएको भारतले दोस्रो विकेटमा गिललाई गुमाउँदा जम्मा ६३ रन बनाएको थियो ।
रोहितलाई कायल जेम्मीसन र गिललाई नेइल वागनेरले आउट गरेका हुन् । लन्च सेसनसम्म भारतले २ विकेट गुमाएर ६९ रन बनाएको छ । क्रिजमा कप्तान विराट कोहली र चेतेश्वर पुजारा छन् ।

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

एनसेल एनएसएल सिजन–३ सुरु, आज बुटबल लुम्बिनी एफसी र झापा एफसीबी भीड्दै

प्रतिक्रिया