यूरो कपः पोल्यान्डमाथि नेदरल्यान्ड्सको पुनरागमन जित
काठमाडौँ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत नेदरल्यान्ड्सले पोल्यान्डमाथि पुनरागमन जित हात पारेको छ ।
समूह 'डी' अन्तर्गत आइतबार राति भएको खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।
नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र ओट वेघर्सले एक-एक गोल गरे । पोल्यान्डका लागि एकमात्र गोल एडम बुक्साले गरे ।
एडमले खेलको १६ औँ मिनेटमा गोल गर्दै पोल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर २९ औँ मिनेटमा नेदरल्यान्ड्सका कोडीले बराबरी गोल गरे ।
८३ औँ मिनेटमा वेघर्सले गरेको गोलसँगै नेदरल्यान्ड्सले प्रतियोगितामा विजयी सुरुवात गर्यो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया