काठमाडौँमा पेट्रोलको हाहाकार, सरकारी पम्पमा तेल भर्नेको लर्को (फोटो/भिडियो)

काठमाडौं - ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ। थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो।
प्रहरी र सेनाकाे पेट्रोल पम्पबाहेक अन्यत्र पेट्रोल नदिँदा सडकमा सवारी साधनको लाम भएको छ । जसका कारण सवारी जाम बढेको यात्रुहरूले गुनासो गरेका छन् । हिजै देखि निजी पेट्रोल पम्पहरूले पेट्रोल छैन भन्ने सूचना टाँस गरेका छन् ।
शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको आयल निगमले जनाएको छ ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राख्दै शनिबारदेखि आन्दोलन थालेको हो।
आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवासुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
हेर्नुहाेस् भिडियो

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया