कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरूलाई दीक्षित गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्रा डा अजयकुमार मिश्र उपस्थित भएका थिए । सो अवसरमा स्नातक तह उत्तीर्ण सात सय ९८ जना दीक्षित भए । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यराज रेग्मीका अनुसार कृषि संकायतर्फ पाँच सय ६८, पशु चिकित्सातर्फ ४७, मत्स्य विज्ञानका २६ जना र वन विज्ञानका एक सय ५७ जना विद्यार्थी दीक्षित भएका हुन् ।
स्नातकोत्तरतर्फ कृषिका एक सय २३ जना, पशु चिकित्साका ३६, पशु विज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० गरी दुई ५२ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिमा दीक्षित भएका नौ जनामध्ये आठ जना कृषि र एक जना विद्यार्थी वन विज्ञानका हुन् ।
विश्वविद्यालयको यो चौथो दीक्षान्त समारोह हो । विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । रेग्मीले स्थापना दिवसका दिन दीक्षान्त समारोह सुरु गरेसँगै अब नियमित दीक्षान्त समारोह हुने विश्वास व्यक्त गरे । सो अवसरमा साहित्यिक कार्यक्रम, रक्तदान, वृक्षारोपण पनि गरिएको थियो । विश्वविद्यालयमा यही असार ४ र ५ गते अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना हुँदैछ ।

शिक्षकहरूको आन्दोलन अब बिहान ९ बजेदेखि १२ बजेसम्म

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरका विद्यालय
कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए

शिक्षकको प्रदर्शनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित

सरकारलाई शिक्षक महासंघको जवाफ- शिक्षा विधेयक पारित नभएसम्म विद्यालय फर्किँदै…

मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन

प्रतिक्रिया