‘मैसाब’ फकाउँदै सत्य–स्वरुप

गायक तथा संगीतकार दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीत रहेको ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ बोलको कवाली गीतको भिडियो सार्वजनिक भएको छ । राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरूले भरिपूर्ण गीत कविराज गहतराजले निर्देशन गरेका हुन् । उनले भिडियो पनि दरबारिया शैलीमा निर्माण गरेका छन् ।
बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरबारमा चलेको कवाली प्रस्तुत गरिएको म्युजिक भिडियोमा पल शाह दोहोरो भूमिकामा छन् । त्यसै गरी राजकुमारीको भूमिकामा सिक्किमेली सुन्दरी छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ । भिडियोमा कविराज गहतराजले होटल याक एण्ड यतिलाई दरबारको रुपमा प्रस्तुत गरेका छन् भने आउटडोर इन्डोरमा सयभन्दा बढी कोरस कलाकारलाई लोभलाग्दो ढंगले प्रस्तुत गरेका छन् ।
भिडियोमा गायक दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन् । गीतमा अमृत खतिवडा (भाञ्जा भाइ)को शब्द तथा सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीत एवं संगीत संयोजन उदयराज पौडेलको रहेको छ । कैलाश राई (सिक्किम) द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिस फागोको रहेको छ । गीतको छायांकन सुदीप बरालले गरेका हुन् । आचार्य दाजुभाइले म्युजिक भिडियो करियरकै उत्कृष्ट भएको दाबी गरेका छन् ।
हेर्नुस् भिडियो

जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा, फिल्ममा सुली परिवार थपियो

अन्ततः अगस्त १४ मा भिड्ने भयो ऋतिक रोशन र रजनीकान्तका फिल्म

अब राजामौलीको फिल्म दुई भागमा होइन एक भागमा रिलिज हुने

पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ

लेखक वज्राचार्यद्वारा लेखिएको पुस्तक ‘स्तूप र चैत्य’ परिमार्जनसहित पुनः प्रकाशित

'कान्ताराः च्याप्टर १' अब अक्टोबर २ मा, देखिने छन् तीन हजार कलाकार

बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी

प्रतिक्रिया