पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ- गएरातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।
बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपार्इँले जानकारी दिए । सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए ।
सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् ।
बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । डुम्रे–बेँसीसहर ४२ किलोमिटर रहेको छ । यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो ।

केदारनाथमा पदमार्ग निर्माण

एक वर्षमा घोडेपानी-पुनहिलमा ३० हजार पर्यटकको आगमन
_sGl94IEkeu_zt7powlwtqrx9cb6v5gojjmvr4k5qnkphq5o0rugcq0xytkp9pljkgvtxr3i_CwY3qvdo7l_qvenuhbrs06eygmzcodfibaefjgsxnrrikab45dfrdrjgmond7sygfpqms5k.jpeg)
सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन

नमूना पशुपक्षी अस्पताल भवन निर्माण अधुरो

गोरखामा एक वर्षमा ७० किलोमिटर सडक कालोपत्र

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

प्रतिक्रिया