आणविक हतियारको मामिलामा भारत पाकिस्तानभन्दा अगाडि तर चीनभन्दा धेरै पछाडि
नयाँदिल्ली - स्वीडेनको थिंक ट्या्रक स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिपरी) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेका छन् ।
प्रतिवेदनमा भारतसँग पाकिस्तानभन्दा धेरै आणविक हतियार रहेको उल्लेख छ ।
भारतसँग सन् २०२३ मा १६४ आणविक हतियार थिए, जुन २०२४ मा बढेर १७२ पुग्नेछ भने पाकिस्तानसँग गत वर्ष पनि १७० आणविक हतियार रहेकोमा यो वर्ष अहिलेसम्म कुनै वृद्धि भएको छैन ।
चीनको कुरा गर्दा सन् २०२३ मा ४१० आणविक हतियार थिए, जुन यस वर्ष बढेर ५०० पुगेको छ ।
अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायललगायत नौ आणविक हतियारधारी राष्ट्रहरूले आफ्ना आणविक हतियारहरूको आधुनिकीकरण गर्न जारी राखेका छन् र तीमध्ये धेरैले २०२३ मा नयाँ आणविक-सक्षम प्रणालीहरू विकास गरेका छन्।
आणविक हतियारको मामिलामा अमेरिका र रुस सबैभन्दा अगाडि छन्, जससँग ९० प्रतिशत आणविक हतियार छन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया