नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ - मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा कायम भएको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स १ अंकले घटेर ३६७.२० विन्दुमा रोकिएको छ ।
आज ३१८ कम्पनीका ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँमा खरिदबिक्री भएको छ ।
आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो भने माण्डु हामइ्रोपावरको सेयर ७.८३ प्रतिशतले, विन नेपाल लघुवित्तको ६.२०, दिव्यश्वरी हाइड्रोपावरको ४.८६ र एनआईसी एसिया ब्यालेन्स फण्डको ३.९३ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा बरुण हाइड्रोपावरको ११ करोड २७ लाख मूल्य बराबरको सेयर कारोबार भएको छ । यसैगरी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट ११ करोड,एनआरएन इन्फ्रास्टक्टरको १० करोड ग्लोबल आइएमई र माण्डु हाइड्रोपावरको ९-९ करोड मूल्य बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ बिक्री गर्ने

प्रतिक्रिया