काठमाडौँ महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप

काठमाडौँ- कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौँ महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको छ ।
काठमाडौँ महानगरको डोजर आतंक बन्द गर भन्दै काठमाडौँ प्लाजा कमलादीस्थित महानगरपालिका घेराउन गर्न खोज्दा प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरी र व्यवसायीबीच झडप भएको हो । महानगरपालिका घेराउ गर्न प्रहरी रोकेपछि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए ।
त्यसपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपका कारण केही प्रदर्शनकारी घाइते भएका छन् । कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौँ महानगरपालिकाविरुद्ध विरोध र्यालीसहित प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा ठूलो संख्यामा प्रदर्शनकारी महानगर घेराउन गर्न पुगेका थिए ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया