प्रहरीको प्रारम्भिक निष्कर्ष : प्रहरी जवान गोलेले आफैंलाई हानेका थिए गोली

काठमाडौँ- संसद् भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ड्युटीमा खटिएका दोलखाको मेलुङ गाउँपालिका-४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
गोले आफैंले बोकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार गोलेले आफ्नै निधारमा गोली हानेका हुन् । उनको शव बुधबार बिहान संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो । सबा ८ बजे उनी मृत अवस्थामा फेला परेका थिए ।
उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपन दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए ।
गोलेको आत्महत्या प्रकरणमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

प्रतिक्रिया