महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप

काठमाडौँ - कवाड व्यवसायी संघर्ष समितिले रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
बुधबार उनीहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । छोटे राजाहरूको आतंक बन्द गरौं, कवाड व्यवसायीहरूको रक्षा गरौं भन्ने ब्यानरका साथ प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले आफूहरूको रोजीरोटी बन्द नगर्न माग गरेका थिए ।
उच्च अदालत पाटनले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको र आफूहरूलाई महानगरबाट विस्थापित गर्न खोजिएको उनीहरुको गुनासो छ ।
यसअघि मंगलबार कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको थियो ।

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

प्रतिक्रिया