भारतको सामान्य प्रदर्शन, कोहली र रहाणेमाथि भरोसा !
काठमाडौँ : विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा न्यूजिल्यान्डविरुद्ध भारतले सामान्य प्रदर्शन गरेको छ । पहिलो दिन वर्षाले प्रभावित भएको खेल दोस्रो दिनमा टस भएर सुरुवात भएको थियो । शनिबार टस हारेर ब्याटिङ थालेको भारतले खराब सुरुवात गरेको थियो ।
उसका शीर्ष बरियताका तीनै जना ब्याट्सम्यान सस्तैमा आउट भए । रोहित शर्मा ३४, शुभमान गिल २८ र चेतेश्वर पुजारा ८ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान विराट कोहली र उपकप्तान आजिन्क्या रहाणेले ५८ रनको साझेदारी गरेका छन् ।
खेल सुरु भएको पहिलो दिनको पहिलो पालीमा भारतलाई १४६/३ को अवस्थामा पुर्याउन कप्तानी जिम्मेवारीमा रहेका दुवै जनाले सम्हालिएर ब्याटिङ गरिरहेका छन् । कोहली ४४ र रहाणे २९ रनमा नटआउट छन् । न्युजिल्यान्डका नेइल वागनेर, कायल जेम्मीसन र ट्रेन्ट बोल्टले एक एक विकेट लिएका छन् ।
न्युजिल्यान्डका फास्ट बलरसामु रन बनाउन भारतलाई कठिन छ । तर निकै अनुभवी र सम्हालिएर ब्याटिङ गर्ने कोहली र रहाणेमाथि नै भारतको भरोसा छ । सोही कारण पनि उनीहरुलाई फाइनल जिताउने इनिङ खेल्नुपर्ने बाध्यता छ ।
भारत टेस्ट च्याम्पियनसिपको शीर्ष स्थानमा रहेको टिम हो भने न्युजिल्यान्ड दोस्रो स्थानमा छ । सोही कारण उनीहरुले फाइनल खेल्न पाएका हुन् ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया