वीरगञ्जमा रहेको संकल्प लोकसेवामा आगलगी हुँदा लाखौंको क्षति

वीरगञ्ज - विरगञ्जमा रहेको प्रसिद्ध इन्स्टिच्युट संकल्प लोकसेवामा गएको राति करिब १२ बजे आगलागी हुँदा सम्पूर्ण कागजपत्रहरू, इलेक्ट्रिक बोर्ड, कम्प्युटर , ल्यापटप , पंखा, फ्रिज, बेन्च लगायत इन्स्टिच्युट भित्र रहेका सबै सामानहरू जलेर ध्वस्त भएका छन ।
इन्स्टिच्युट भित्र रहेका सामानहरू के कति मूल्यका रहेका छन त्यो सार्वजनिक गरिएको छैन । जिल्ला प्रहरी कार्यालय नजिक नै रहेका संकल्प लोकसेवामा पर्सा , बारा , रौतहट , सर्लाही लगायतका जिल्लाका विद्यार्थी अध्ययनरत रहेका थिए ।
आज बिहानै संकल्प लोकसेवाका संचालक अशोक साहले सामाजिक संजालमा एक स्टाटस लेख्दै प्राविधिक कारणले संकल्प लोकसेवाको सम्पूर्ण कक्षा अर्को सूचना नभए सम्मको लागि स्थगित गरिएको जनाएका छन् । यसको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया