दुर्घटना न्यूनीकरणका लागि कोशी प्रदेशको १४ वटै जिल्लामा ट्राफिक सप्ताह सुरू

काठमाडौँ - सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि कोशी प्रदेशको १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु गरिएको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा शुरु भएको ट्राफिक सप्ताहमा ट्राफिक नियम र सडक अनुशासन पालना गराउन सचेतना कार्यक्रमहरू संचालन गर्नुका साथै अनुगमन र कारवाही गरिने बताइएको छ । ट्राफिक सप्ताह कार्यक्रमको बिहीबार विराटनगरमा उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सडक दुर्घटनालाई ५० प्रतिशत घटाउने गरी काम गर्नुपर्ने बताए । उनले सडक दुर्घटना र त्यसबाट घाइते हुनेको अवस्था भयावह भएकाले यसको न्युनीकरण गर्न व्यक्ति आफै सचेत हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रदेश सरकारले उपलब्ध गराएको ट्राफिक सामग्री मुख्यमन्त्री कार्कीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेललाई हस्तान्तरण गरे भने ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने ७ जनालाई सम्मानित समेत गरिएको थियो ।

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

आजको मौसम पूर्वानुमान: कोशी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा…

प्रतिक्रिया