प्रभु बैंक र बन्दिपुरका ९ होटल तथा रेष्टुरेण्टबीच विशेष छुट सम्झौता
काठमाडौँ- पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरमा अवस्थित बन्दिपुर ईको होटल प्रा.लि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि.हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तिनधारा,वल्र्ड हाउस क्याफे एण्ड लज बिचमा प्रभु बैंक लिद्रारा आफ्ना कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
जेठ १५ गते छुट्टाछुट्टै समारोहका बीच सम्पन्न सम्झौतामा बन्दिपुर ईको होटल प्रा.लि को तर्फबाट निर्देशक सूर्य प्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्टका प्रोपाइटर संगिता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीरकुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटल प्रा.लि.का निर्देशक बिश्व प्रकाश सुल्पे, हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लजका प्रोपाइटर रबी शान्ति पिया, होटल तिनधाराका प्रोपाइटर सुमन सन श्रेष्ठ, वर्ल्ड हाउस क्याफे एण्ड लजका प्रोपाइटर नन्दा पिया र प्रभु बैंक लिमिटेडका तर्फबाट डुम्रे शाखाको शाखा ईन्चार्ज बिटु माया बस्नेतले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंक लि.का ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले माथि उल्लेखित सम्झौतामा भएका होटल तथा रेष्टुरेण्टमा उपलब्ध सेवाहरू जस्तै आवास, खाना, मनोरञ्जन सभाहल लगायतका सेवाहरूमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यलयहरू, २८६ एटीएम साथै ७० भन्दा बढी एक्स्टेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई “विश्वास लिन्छौं विश्वास
दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_P8L1YBVFSU_gbs77wxy76bao6cehivnomiyqkliknmbakwqsrnragichvx0ss4zwlwuaadm.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

प्रतिक्रिया