भन्सार कर्मचारीको लापरबाही : १४ लाख ८० हजारसहित पक्राउ परेका भारतीय नागरिक फरार

रौतहट- रौतहटस्थित जिल्ला भन्सार कार्यालय गौरको लापरबाहीका कारण सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित पक्राउ गरेको एक जना भारतीय नागरिक फरार भएका छन् ।
भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत झरौखर जमुनियाका ३० वर्षीय गजेन्द्र राय यादव बिहीबार साँझ भन्सार कार्यालय गौरबाट फरार भएका हुन् ।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले स्रोत नखुलेको रकमसहित पक्राउ परेका भारतीय नागरिकलाई बरामद रकमसहित भन्सार कार्यालयमा बुझाएपछि भागेको बताएका छन् ।
सशस्त्र प्रहरी ११ नम्बर हेक्वाबाट गएको टोलीले भन्सार कार्यालय गौरमा बिहीबार १ बजेर ४५ मिनेटमा मुद्दा नम्बर ७७१ दर्ता गरेर बरामद रुपैयाँ १४ लाख ८५ हजारसहित भारतीय नागरिकलाई बुझाएको एसपी हुमागाईंको भनाइ छ ।
तर, पक्राउ परेका भारतीय नागरिक ५ बजेपछि भागेको भन्सार कार्यालयका कर्मचारीले आफूलाई खबर गरेको उनले बताए । 'प्रहरीले बरामद गरेको सामान मानिस भन्सारमा दर्ता गरेर बुझाइसकेपछि त्यसको सुरक्षा गर्नु भन्सारको जिम्मेवारी हुन्छ । दुई बजे पैसा र मानिस बुझाउँदा तीन घन्टासम्म भन्सार कर्मचारी तथा भन्सार सुरक्षा गार्ड के हेरेर बसेको थियो,' एसपी हुमागाईंले प्रश्न गरे ।
उता जिल्ला भन्सार कार्यालय गौरका प्रमुख अमिन्द्र सिंहले स्रोत नखुलेको पैसा बुझ्नु अघि धेरै प्रक्रिया पूरा गर्नुपर्ने र आफूहरू त्यही प्रक्रियामा लागेको बताए । उनले पैसा र मानिस लिएर आएका तथा त्यहाँ खटिएका सशस्त्र प्रहरीको ड्युटी बदलेपछि उनीहरू त्यहाँबाट गएलगत्तै आरोपी भागेको बताए ।
भन्सार कर्मचारीको मात्रै नभई सशस्त्र प्रहरीको पनि कमजोरीका कारण भारतीय नागरिक भाग्न सफल भएको भन्सार प्रमुख सिंहले प्रतिक्रिया दिएका छन् ।

सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखी…

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_bVLBpPn2M4_ulwhom1xaedeuc00pmqi1lnqz33i9gfflp6mcocta163mdfdouisblydzije.jpg)
प्रतिक्रिया