वीपी र पुष्पलाल प्रतिष्ठानले लगे काठमाडौँ महानगरबाट सबैभन्दा बढी रकम
काठमाडौँ- काठमाडौँ महानगरपालिकाबाट विभिन्न राजनीतिक दलका नेताहरूको नाममा खुलेका प्रतिष्ठानले १२ करोड भन्दा बढी रकम लगेका छन् ।
महानगरपालिकाले मृत्यु भइसकेका नेताका नाममा खुलेका प्रतिष्ठानलाई एकै वर्षमा १२ करोड १५ लाख रूपैयाँसम्म अनुदान दिएको पाइएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा १ सय भन्दा बढी प्रतिष्ठानले महानगरबाट पैसा लगेका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले एक प्रतिष्ठानले महानगरबाट रकम लगेको उल्लेख गरेको छ ।
महानगरबाट रकम लगेर नक्सा पास नगरी भवन बनाउनेदेखि लिएर विभिन्न कार्यक्रम गर्ने गरेको प्रतिवेदनले बताएको छ । नक्सा पास नगरी बनाइएकालाई कारबाही गर्नुपर्ने ठाउँमा उल्टै प्रोत्साहन स्वरूप रकम प्रदान गरेको प्रतिवेदनले औंल्याएको छ । प्रतिष्ठानले रकम लगेको उद्देश्य अनुसारको काम गरेको/नगरेको त्यसको अनुगमन महानगरले गरेको छैन ।
महानगरबाट अनुदान लानेमा वीपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, मदन भण्डारी, शुसील कोइराला, महेन्द्रनारायण निधि, गजेन्द्रनारायण सिंह, राम राजाप्रसाद सिंहजस्ता प्रख्यात नेताका नाममा खुलेका प्रतिष्ठान छन् ।
यी हुन् सबैभन्दा वढी रकम लाने १४ प्रतिष्ठान:

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया