योगले पवित्र आचरणका लागि मार्गनिर्देश गर्छ : ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योग कुनै धर्मसँग नभई मानवजीवनको स्वास्थ्यसँग सम्बन्धित रहेको बताएका छन् ।
योग दिवसका अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले योगले शारीरिक, मानसिक स्वस्थताका साथै पवित्र आचरणका लागी मार्गनिर्देशन गर्ने भएकाले यो कुनै धर्मसँग सम्बन्धित नरहेको बताएका हुन् ।
उनले योगले मान्छेभित्र रहेका खराब तत्वहरूलाई निकाल्न मद्दत गर्दै असर मान्छे बनाउन सक्ने धारणा राखे ।
योग अनुशासित पवित्र जीवन भएको भन्दै उनले योग मानव मस्तिष्क स्वस्थ रहोस् भन्ने कुरासँग पनि सम्बन्धित रहेको बताए ।
उनले योगलाई विश्वव्यापीकरण गर्नुपर्ने र यसका लागि धेरै अन्तराष्ट्रिय क्षेत्रबाट पहल भइरहेको बताए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया