सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

रास्वपाको चियापान कार्यक्रममा एमाले अध्यक्ष ओली [फोटोफिचर]

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको चियापान कार्यक्रममा सहभागी भएका छन् । उनी केही समयअघि मात्रै रास्वपा केन्द्रीय कार्यालय बनस्थली पुगेका हुन् ।

चियापानकै अवसरमा रास्वपाले नेपाली उत्पादनका विभिन्न स्टलहरू राखेको थियो । ती स्टलहरूको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चासोपूर्वक अवलोकन गरेका छन् । अध्यक्ष ओलीले केहीबेर स्टलमा राखिएको कपडा बुन्ने तान समेत चलाएका थिए ।

रास्वपाले पार्टी स्थापना दिवसको दोस्रो वर्षको अवसरमा आज चियापान समारोह आयोजना गरेको हो । चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी भएका छन् ।

त्यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउत, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, दिलेन्द्र प्रसाद बडू, एनपी साउद, विनोद चौधरीलगायत सहभागी भएका छन् ।