होपको आक्रामक ब्याटिङमा अमेरिकाविरुद्ध वेस्ट इन्डिजको शानदार जित
काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपमा वेस्ट इन्डिजले अमेरिकामाथि शानदार जित हात पारेको छ ।
सुपर ८ को समूह '२' अन्तर्गत आज बिहान भएको खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो ।
यससँगै वेस्ट इन्डिजले सुपर ८ अन्तर्गत २ खेलमा पहिलो जित हात पार्दै सेमिफाइनलको सम्भावना कायम राखेको छ । अमेरिकाले खेलेका दुवै खेलमा पराजय भोगेपनि सेमिफाइनल दौडबाट भने बाहिरिएको छैन ।
यस समूहमा दुई जित हात पार्दै ४ अंकसहित दक्षिण अफ्रिका सेमिफाइनलनजिक पुगेको छ । वेस्ट इन्डिज र इंग्ल्यान्डले भने समान २-२ अंक हात पारेका छन् ।
अब वेस्ट इन्डिजले दक्षिण अफ्रिका तथा इंग्ल्यान्डले अमेरिकाको सामना गर्ने तालिका रहेको छ । ती दुवै खेलले सेमिफाइनल पुग्ने टोलीको टुंगो लगाउने छ ।
आज बिहानको खेलमा भने अमेरिकाले दिएको १ सय २९ रनको लक्ष्य वेस्ट इन्डिजले १० ओभर ५ बलमा केवल १ विकेट गुमाएर पूरा गर्यो ।
वेस्ट इन्डिजको जितमा शाई होपले ३९ बलमा अविजित ८२ रन बनाउँदा ८ छक्का र ४ चौका हिर्काए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय २८ रन जोड्यो । अमेरिकाका लागि एन्ड्रिएस गोसले सर्वाधिक २९ रन बनाए ।
वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेजले समान ३-३ विकेट हात पारे ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया