जङ्गली च्याउ खाँदा एकको मृत्यु, जना बिरामी

दमौली (तनहुँ)- तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
अन्य तीन जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।

विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ

वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा

बेपत्ता तीन किशोरी परिवारको सम्पर्कमा

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

पोखरा महानगरद्वारा नगर ऊर्जा योजना सार्वजनिक
_AZ2TcUmxdC_xoaqv63x2vhelgdcqqso3curgobxt3dwmylkphgo6yylpvnwayboni2yanzg_gYmdV81v0i_qai6dayoyghfpms3wdzhmpfvtrj2oss5rowroazhjxinzw8tgtltb0trzi3q.jpg)
पर्वतमा चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

प्रतिक्रिया