सीबीएम कलेजद्वारा कक्षा ११ र १२ का लागि छात्रवृत्ति घोषणा

काठमाडौँ- कलेज अफ बिजनेश म्यानेजमेन्ट (सीबीएम)ले छात्रवृत्ति योजना घोषणा गरेको छ । काठमाडौँको डिल्लीबजारस्थित कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कलेजले आगामी शैक्षिक सत्रका लागि दिने छात्रवृत्ति घोषणा गरेको हो ।
कलेजले आगामी शैक्षिक सत्रका लागि अधिकतम् ६०० जनालाई छात्रवृत्ति प्रदान गर्ने दाबी गरेको छ ।
कक्षा १० सम्म सरकारी विद्यालयबाट अध्ययनगरी कलेजमा अध्ययन गर्न आउने विभिन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्रिन्सिपल सिए सुमन न्यौपानेले जानकारी दिए ।
उनका अनुसार विभिन्न छ वटा आधारमा एक एक सय जना विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति उपलब्ध गराइने छ ।
गरिब तथा पिछडिएको वर्ग, जेहनदार तथा मेहनती, खेलकुदमा रुचि भएका, संगीत तथा नृत्यमा रुचि राख्ने र अन्य प्रयोगात्मक विषय तथा अध्ययनसँगै कार्यदक्षता हासिल गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिइने उनले बताए ।
छात्रवृत्तिका लागि असार १६ गते प्रवेश परीक्षा हुने छ । काठमाडौँबाहिर रहेका विद्यार्थीले डिजिटल माध्यमबाट पनि प्रवेश परीक्षा दिन सक्ने उनको भनाइ छ ।
कलेजले विगतका वर्षमा पनि छात्रवृत्ति प्रदान गर्दै आइरहेको जनाएको छ । २५ वर्ष पुरानो कलेज हाल युवा व्यवस्थापकले सम्हालिरहेका छन् ।

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_qwVWaO18TO_pl1pzzdwmnwgm6g17i9pdyf3h1ndeaep3enbnjhpasufqfxfkcfzi5p1nums.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

प्रतिक्रिया