'टिम र देशका लागि ठूलो जित'

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गतको सुपर ८ मा अस्ट्रेलियामाथि सनसनीपूर्ण जित हात पारेपछि अफगानिस्तानका कप्तान राशिद खानले यो टिम र देशका लागि ठूलो जित भएको बताएका छन् ।
समूह '१' को खेलमा सन् २०२१ को विश्वकपको विजेता अस्ट्रेलियालाई २१ रनले पराजित गरेसँगै अफगानिस्तानले सेमिफाइनलको सम्भावना पनि बलियो बनाएको छ ।
'यो हाम्रो लागि एउटा टिम र राष्ट्रको रूपमा ठूलो जित हो । विश्वकपमा च्याम्पियनलाई हराउन पाउनु ठूलो अनुभूति हो । यस जितका लागि म टिमका सदस्यहरुसँग धेरै खुसी छु,' अफगानिस्तानका कप्तान राशिदले भने ।
उनका अनुसार अवस्थाअनुसार अफगानिस्तानको लक्ष्य १ सय ४० रन सम्म पुग्नु थियो । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले भने निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनाउन सक्यो ।
जवाफमा अस्ट्रेलियाले १९ ओभर २ बलमा सबै विकेट गुमाएर केवल १ सय २७ रनमात्र जोड्यो । अस्ट्रेलियालाई सस्तैमा समेट्न गुलबदिन नइबले सर्वाधिक ४ तथा नविन-उल-हकले ३ विकेट हात पारे ।
राशिदले टिममा धेरै अलराउन्डर भएका कारण फाइदा भएको बताए । उनले गुलबदिनलाई जहिले पनि बलिङ गराउँदा खुसी हुने गरेको प्रतिक्रिया दिए ।
यता गुलबदिनले पनि अफगानिस्तानले धेरै लामो समयदेखि यस्तो जितको खोजि गरहेको बताउँदै अस्ट्रेलियामाथिको जित आफू, देश र जनताका लागि ठूलो उपलब्धि भएको बताए ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया