बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

संसदका कर्मचारीको समस्या छिटो समाधान होस् : अध्यक्ष ओली

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदका कर्मचारीको समस्या छिटो समाधान गर्नुपर्ने बताएका छन् । 

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले वार्ताका माध्यमबाट छिटो कर्मचारीको समस्या समाधान गर्नुपर्ने बताए । 

उनले सकारात्मक निष्कर्षका साथ कर्मचारीको समस्या हल गर्न पनि सुझाव दिए । 

विभिन्न माग राख्दै संसद सचिवालयका कर्मचारीहरू निरन्तर आन्दोलनमा छन् ।