संसद् सचिवालयका कर्मचारीको आन्दोलन जारी
काठमाडौँ - तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीले आन्दोलन जारी राखेका छन् ।
सरकारले आफूहरुको मागमा गम्भीरता नदेखाएको भन्दै उनीहरुले आइतबार संसद भवन नयाँ बानेश्वरमा प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
आफ्ना मागका बारेमा छलफल भएपनि लिखित सहमति नभएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् । संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा छन् ।
कर्मचारीहरूको निरन्तरको आन्दोलनपछि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल भएको थियो । छलफलपछि कर्मचारीको मागबारे सहजीकरण गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरिएको छ ।
समितिमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी रहेका छन् । समितिले एक दुई दिनभित्रै कर्मचारीसँग छलफल गरेर निष्कर्ष निकाल्ने कानुनमन्त्री गिरीले जानकारी दिए ।
बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री सहित सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी थिए । कर्मचारीको आन्दोलनका कारण संसदका गतिविधिहरू प्रभावित हुँदै आएको छ ।

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छः सचेतक पाण्डे

माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्तिः सचेतक बर्तौला

अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

प्रतिक्रिया