राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त र प्रभावकारी बनाउनुपर्छ : रक्षामन्त्री उप्रेती
'द्रूतमार्ग मुलुकको गेम चेन्जर परियोजना हो'

काठमाडौँ- रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री उप्रेतीले मुलुकमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै तीन वटै सुरक्षा संयन्त्रबीच समन्वय गर्दै राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
उनले अहिले विदेशबाट आएको सुरक्षाकर्मीले इन्काउन्टर गर्दा नेपालका सुरक्षाकर्मीलाई जानकारी नरहने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखे । रक्षा मन्त्रालयको विशेष चासोमा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक अघि बढेको उनले बताए ।
मन्त्री उप्रेतीले विदेशमा गएर एउटै राहदानी र मुद्रा भए हुन्छ भन्ने र नेपालमा आएर सेनाको विरोध गर्ने कुरालाई पनि नयाँ विधेयकले नोटिस गर्ने जिकिर गरे । उनले अन्तर्राष्ट्रिय प्रचलनअनुसार हतियार लिएर सीमामा सेना उभिने कुरालाई राम्रो नमानिने बताए ।
उनले असामान्य अवस्थामा सरकारको निर्णयमार्फत राष्ट्रपतिबाट घोषणा भएपछि सेना परिचालन गर्ने व्यवस्था रहेको भन्दै सीमामा केही दूरीमा बसेर निगरानी भने गर्न सकिने बताए । मन्त्री उप्रेतीले द्रूतमार्ग मुलुकको गेम चेन्जर परियोजना रहेको भन्दै यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्न सेनाले काम गरिरहेको उल्लेख गरे ।

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

प्रतिक्रिया