पशुपतिमा ७ करोडको राम मन्दिर, अढाई वर्षमै निर्माण सकिने

काठमाडौँ : पशुपति क्षेत्रभित्र राममन्दिर निर्माण हुने भएको छ । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले धार्मिक विधिअनुसार राममन्दिरको शिलान्याश गरेका छन् ।
७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । शिलन्यासपछि मन्त्री अरगरियाले पशुपति क्षेत्रलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिए । उनले भ्रष्टाचारको विरुद्धको आन्दोलनले मन्त्रीसम्म पुगेको भन्दै उनले भ्रष्टाचार रोक्ने एकमात्र लक्ष्य हुने जिकिर गरे ।
मन्त्री अरगरियाले पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउने नभई व्यवस्थीत रुपमा राखिने प्रतिबद्धता जनाए । सरकारी बजेटमा नभइ पशुपतिले सहयोगबाट मन्दिर निर्माण गर्न खोज्नु स्वागतयोग्य भएको र पुरातत्व बिभागको नियमअनुसार मन्दिर निर्माण गर्न सुझाव दिए । त्यस्तै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले पशुपति क्षेत्रका भौतिक तथा अमूर्त सम्पदाहरुको संरक्षणमा बिशेष ध्यान दिइने जिकिर गरे । उनले कोषमा देखिएका गुनासालाई सम्बोधन गर्ने जनाए ।
राममन्दिरसँगै नजिकका साधु बाबा बस्ने सतहलाई पनि पुननिर्माण गरिने कोषले जनाएको छ । पुननिर्माणका लागि सो क्षेत्रबाट बाबालाई हटाइएको थियो । तर, पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन खोजिएको भन्दै विरोध भएको थियो ।

भिरबाट लडेर महिलाको मृत्यु

विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

प्रतिक्रिया