लुम्बिनीमा विपक्षी दलद्वारा संसद् बैठक बहिष्कार

बुटवल : लुम्बिनी प्रदेश सरकारले भर्खरै ल्याएको बजेटमाथि छलफल आजबाट सुरु हुने भनिए पनि विपक्षी दलले बहिष्कार गरेका छन् । जसका कारण लुम्बिनी प्रदेश सभाको वैठक एक घण्टाको लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बैठक हुनासाथ सरकारले बहुमत गुमाएको भन्दै तानाशाही ढंगले सरकार चलेका कारण छलफलमा बस्न नसकिने बताए । उनले सरकारका क्रियाकलाप र प्रदेश प्रमुखको समेत अनेक खालका अवैधानिक क्रियाकलाप सार्वजनिक भइरहेको भन्दै सरकारलाई सहयोग गर्न सकिने ठाउँ नभएको जिकिर गरे ।
उनले विधि विधान पद्धति मिचेर प्रदेश सरकारअघि बढेको भन्दै अब त्यो सहेर नबस्ने बताए । नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले मुख्यमन्त्रीले आफूलाई सदनमा वैधानिकता पुष्टि गर्न माग गरेको बताए । उनले भने ‘मुख्यमन्त्री संविधानको कुन धाराबाट बनेको भन्ने पुष्टि नगर्दासम्म संसद्का गतिविधि बन्द रहन्छन् ।’
उनले संसदलाई सधैँ अनिश्चितताको भुमरीमा धेरै दिन राख्न नहुने बताए । दलबीच छलफल गरेरअघि बढ्ने संसद् सचिवालयको तयारी छ ।

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री ओली

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

प्रतिक्रिया