शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

कोपा अमेरिकाः उरुग्वे र अमेरिका विजयी

काठमाडौँ- अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत उरुग्वे र अमेरिकाले जित हात पारेका छन् ।

समूह 'सी' अन्तर्गत आज बिहान भएको खेलमा उरुग्वेले पानामालाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डार्विन नुनेज र माटियास भिनाले एक-एक गोल गरे । पानामाका लागि माइकल अमिर मुरिलोले एक गोल फर्काए ।

समूह 'सी' अन्तर्गत नै अमेरिकाले बोलिभियालाई २-० गोलअन्तरले पराजित गरेको हो ।

अमेरिकाको जितमा क्रिस्टियन पुलिसिक र फोलारिन बालोगनले एक-एक गोल गरे ।