गाजाको भयंकर आक्रमण छिट्टै सकिन्छ- नेतन्याहु

काठमाडौँ - इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजाको रफाहमा जारी आक्रमणको बारेमा बयान दिएका छन् ।
नेतान्याहुका अनुसार रफाहमा भयंकर लडाई अन्तिम चरणमा रहेको र लगभग समाप्त हुन लागेको बताएका छन् । तर यसको मतलब युद्ध समाप्त नभएको उनले बताएका हुन् । नेतान्याहुले हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहने बताएका छन् ।
हिजबुल्लाहबाट बढ्दो आक्रमणको बीचमा, नेतान्याहुले छिट्टै इजरायली सेना लेबनानी सीमामा आफ्नो सेना पठाउने बताएका छन् ।
नेतन्याहुले हमासको स्थानमा वेस्ट बैंकमा रहेको प्यालेस्टिनी प्राधिकरणलाई गाजामा प्रशासन सञ्चालन गर्न दिने विचारलाई फेरि अस्वीकार गरेका छन् ।
इजरायली सेनाबाट आक्रमण बढेको र हमासको स्वास्थ्य मन्त्रालयको आपतकालीन सेवाका निर्देशक पनि इजरायली हवाई हमलामा मारिएको रफाहका जनताले बताएका छन् ।
आक्रमणबाट राहत सामग्री वितरण केन्द्रमा समेत क्षति पुगेको छ । इजरायली सेनाका अनुसार हमासले यसलाई प्रयोग गरिरहेको थियो ।

गाजामा भएको इजरायली आक्रणमा १० जनाको मृत्यु

ट्रम्प र पुटिनबीच १५ अगस्टमा अलास्कामा भेटवार्ता हुने

चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर

अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?

एउटा सिंगो देशको जनता अष्ट्रेलियामा सर्दैछन् बसाई

एप्पलका सीईओ टिम कुकले ट्रम्पलाई दिए 'गोल्डेन ग्लास' उपहार

म्यानमारका कार्यबहाक राष्ट्रपतिको निधन, अन्त्येष्टीको अझै भएन टुंगो

प्रतिक्रिया